साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ « Khabarhub

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

उनलाई ६ वर्ष कैद र साढे २२ करोडभन्दा बढी जरिवाना तोकिएकोमा चैत १ गते काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार, पक्राउ पर्नेमा योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । उनीविरुद्ध सर्वोच्च अदालतले २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ नौ पैसा जरिबाना र ६ (छ) वर्ष कैद सजाय ठहर गरेको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार योगेन्द्रप्रसाद श्रेष्ठमाथि दुईवटा मुद्दामा सर्वोच्च अदालतले उक्त ठहर गरेको थियो । उनलाई सीआईबीको टोलीले चैत १ गते काठमाडौंको नागार्जुन नगरपालिका-५ सितापाइलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : २३ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र