के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ? « Khabarhub

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो दृश्य वास्तवमा नेपालमाथि उडेको रकेट नभएको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ।

नेपाल अन्तरिक्ष अनुसन्धान केन्द्रकाका अनुसार उक्त दृश्य सम्भवतः चीन बाट प्रक्षेपण गरिएको रकेट अन्तरिक्षतर्फ उड्दा देखिएको धुवाँ सूर्यको प्रकाशले चम्किएर देखिएको घटना हुनसक्ने बताइएको छ।

रकेट पृथ्वीको सतहबाट करिब २०० देखि ४०० किलोमिटर उचाइमा पुगेपछि त्यसबाट निस्कने ग्यास र धुवाँ अत्यधिक फैलिने भएकाले पृथ्वीका टाढा–टाढाका स्थानबाट समेत देखिन सक्छ। यही कारणले नेपालसँगै भूटान र असम लगायत भारतका केही क्षेत्रबाट पनि एकै समयमा उक्त दृश्य देखिएको हुनसक्ने अनुमान गरिएको छ।

विशेषज्ञहरूका अनुसार यस्तो अवस्थामा रकेट नेपालमाथि उडिरहेको हुँदैन, बरु निकै टाढा—सम्भवतः नेपालको उत्तरतर्फ तिब्बत वा चीनको आकाशमाथि रहेको हुन सक्छ। तर अत्यधिक उचाइमा पुगेपछि त्यसबाट निस्किएको उज्यालो धुवाँ नेपालबाट पनि देखिन सक्छ।

वैज्ञानिक भाषामा यस प्रकारको दृश्यलाई “ट्वाइलाइट रकेट प्लुम” भनिन्छ । उपग्रह प्रक्षेपणका क्रममा कहिलेकाहीँ देखिने यस्तो दृश्य सामान्य खगोलीय घटना भएको विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : ४० बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न