इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा « Khabarhub

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुनसरी – मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रात्रिकालीन समयमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आज इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ लाई ‘सडनडेथ’मा ८–७ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो । पेनाल्टीमा दुवै टोलीले ५–५ गोल गरेपछि खेल ‘सडेनडेथ’मा पुगेको हो । त्यस क्रममा झापाका खेलाडी विशाल मादीको प्रहार बाहिरिएपछि मच्छिन्द्रको जित सुनिश्चित भएको हो ।

मच्छिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बू, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले गोल गरेका थिए । यस्तै, झापा ११ का लागि प्रसान्त लिम्बू, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरे ।

खेलको ५५औँ मिनेटमा बाबा टुण्डेको गोलबाट झापाले अग्रता लिएको थियो । त्यसैगरी ४३औँ मिनेटमा मच्छिन्द्रका सनिस श्रेष्ठले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए ।

आजको खेलको ‘प्लेयर अफ द म्याच’ मच्छिन्द्र क्लबका सनिस श्रेष्ठ घोषित भऐ । उनलाई नगद रु १० हजार प्रदान गरिएको प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिनुभयो ।

यही वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख, सर्वाधिक गोलकर्तालाई रु २५ हजार तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गत वर्षको संस्करणमा मच्छिन्द्र क्लब, काठमाडौँले उपाधि जितेको थियो भने चर्च ब्वाइज युनाइटेड उपविजेता बनेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : ०७ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले