इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा « Khabarhub

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुनसरी – मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रात्रिकालीन समयमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आज इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ लाई ‘सडनडेथ’मा ८–७ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो । पेनाल्टीमा दुवै टोलीले ५–५ गोल गरेपछि खेल ‘सडेनडेथ’मा पुगेको हो । त्यस क्रममा झापाका खेलाडी विशाल मादीको प्रहार बाहिरिएपछि मच्छिन्द्रको जित सुनिश्चित भएको हो ।

मच्छिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बू, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले गोल गरेका थिए । यस्तै, झापा ११ का लागि प्रसान्त लिम्बू, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरे ।

खेलको ५५औँ मिनेटमा बाबा टुण्डेको गोलबाट झापाले अग्रता लिएको थियो । त्यसैगरी ४३औँ मिनेटमा मच्छिन्द्रका सनिस श्रेष्ठले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए ।

आजको खेलको ‘प्लेयर अफ द म्याच’ मच्छिन्द्र क्लबका सनिस श्रेष्ठ घोषित भऐ । उनलाई नगद रु १० हजार प्रदान गरिएको प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिनुभयो ।

यही वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख, सर्वाधिक गोलकर्तालाई रु २५ हजार तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गत वर्षको संस्करणमा मच्छिन्द्र क्लब, काठमाडौँले उपाधि जितेको थियो भने चर्च ब्वाइज युनाइटेड उपविजेता बनेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : ०७ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित