यी भूभागमा वर्षा र हिमपातको सम्भावना « Khabarhub

यी भूभागमा वर्षा र हिमपातको सम्भावना


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले हिमाली भूभागमा साधारणतया र पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै, तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भेग र देशका अन्य हिमाली क्षेत्रमा बादल लाग्नेछ । बाँकी पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ । तराईमा भने घाम लाग्ने र मौसम सफा रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै गण्डकी प्रदेशको पहाडी भूभाग र अन्य हिमाली क्षेत्रका एकदुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसममा आएको यो परिवर्तनले पहाडी तथा हिमाली जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : ३४ बजे

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका