तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशन अगावै पठनपाठन « Khabarhub

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशन अगावै पठनपाठन


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्न निर्देशन दिएको भएपनि तनहुँका दुई स्थानीय तहले भने त्यसअघि नै पठनपाठन सुरु गर्ने भएका छन् ।

आबुँखैरेनी गाउँपालिकाले आजदेखि र बन्दीपुर गाउँपालिकाले वैशाख ९ गतेदेखि पठनपाठन सुरु गर्ने भएका छन् । दुवै पालिकाले सोमबार सूचना प्रकाशित गरी पठनपाठन सुरु हुने मिति तोकिसकेका छन् ।

‘सङ्घीय सरकारले वैशाख २१ देखि पठनपाठन सुरु गर्ने निर्णय गरे पनि नेपालको संविधान तथा प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहसम्म शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएबमोजिम स्थानीय आवश्यकतालाई मध्यनजर गरी यो निर्णग गरिएको हो । गाउँ कार्यपालिकाको चैत ३० गतेको निर्णयअनुसार गाउँपालिकाको शैक्षिक क्यालेन्डरबमोजिम अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान तथा पठनपाठन गर्न गराउन सूचना प्रकाशित गरिएको छ’, आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भने ।

यसैगरी बन्दीपुर गाउँपालिकाले गाउँ शिक्षा समितिको निर्णयअनुसार आजदेखि ८ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने, शैक्षिक सत्र २०८३ को कार्ययोजना र वार्षिक कार्यतालिका निर्माण, विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना र वैशाख ९ गतेबाट नियमित पठनपाठन सुरु गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत २६ गते देशभरका सबै स्थानीय तहलाई पत्र पठाउँदै शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ र पठनपाठन २१ गतेबाट मात्र सुरु गर्नलगायत निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : १७ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि