विराट गोल्ड कप : सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश « Khabarhub

विराट गोल्ड कप : सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सम्राट स्पोर्टिङ क्लब, विराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराट गोल्ड कप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालाको ‘फ्लडलाइट’मा (रात्रिकालीन) नकआउट आधारमा मङ्गलबार सम्पन्न खेलमा सम्राटले भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको हो ।

विर्सामुण्डाका शङ्कर किस्कुले ४४औँ मिनेटमा गोल गरेका थिए भने खेलको ५०औँ मिनेटमा सम्राटका मौसम लिम्बू र ८६औँ मिनेटमा प्रताप तामाङले गोल गरे । खेलको अतिरिक्त (इन्जुरी) समयमा प्रताप तामाङले पुनः दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अन्तरले विजयी बनाएका छन् । उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ प्लेयर अफ द म्याच घोषित भई नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता वैशाख ५ गतेसम्म चल्नेछ । यस प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा टोलीले भाग लिएका छन् ।

विराटनगर गोल्ड कपको विजेता टिमले ११ लाख, उपविजेताले पाँच लाख पुरस्कार पाउने छन् । यस्तै, सर्वोकृष्ट खेलाडीलाई ५१ हजार, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता खेलाडीले जनही १५ हजार रुपैयाँ पाउने छन् । दैनिक हुने खेलको उत्कृष्ट खेलाडीले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ८ : ०० बजे

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत