स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ « Khabarhub

स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले सांसदले स्वकीय सचिव राख्न पाउने कानुनी व्यवस्थाको विरोध गरेका छन् । राज्यकोषमा ठुलो आर्थिक भार पर्ने भन्दै उनले यस्तो व्यवस्था खारेज हुनुपर्ने धारणा राखेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै साम्पाङले स्वकीय सचिवका नाममा हुने खर्चको गणितीय हिसाबसमेत प्रस्तुत गरेका छन् । उनले प्रतिसचिव मासिक ३० हजार रुपैयाँ मात्र तलब मान्दा पनि २७५ जना सांसदका सचिवका लागि राज्यले ठुलो रकम खर्चनुपर्ने बताएका छन्।

“स्वकीय सचिव राख्ने निर्णयको म विरुद्धमा छु,” उनले भनेका छन्, “मासिक ३० हजारका दरले मात्रै हिसाब गर्दा पनि महिनाको ८२ लाख ५० हजार, वर्षको ९ करोड ९० लाख र ५ वर्षको कार्यकालमा ४९ करोड ५० लाख रुपैयाँ खर्च हुन्छ ।”

धरान उपमहानगरपालिकाको पूर्वमेयरसमेत रहेका साम्पाङले जनताको करबाट उठेको अर्बौँ रुपैयाँ स्वकीय सचिवका नाममा खर्च गर्नुभन्दा विकास निर्माण वा अन्य उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने संकेत गरेका छन् । साम्पाङले संसद् छिरेदेखि नै फजुल खर्च कटौती र श्रम संस्कृतिको मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ९ : ०१ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय