रायोको सागमा भेटियो अत्याधिक मात्रामा विषादी « Khabarhub

रायोको सागमा भेटियो अत्याधिक मात्रामा विषादी


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ।

दोलखाबाट ल्याएर कालिमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा ८२.१४०१ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार कालिमाटी तरकारी बजारस्थित पसल नम्बर ३५०४ उत्तम प्रसाद रेग्मीले बिक्रीका लागि राखेको रायोको साग परीक्षण गर्दा उक्त विषादीको मात्रा बढी भएको पाइएको हो । उक्त रायोको सागमा कार्वामेटको मात्रा पनि २०.०७६१ प्रतिशत भेटिएको छ ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १० : ५३ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि