हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग « Khabarhub

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ ।

रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरेपछि आर्थिक सङ्कटका कारण कहिले बन्द हुने र कहिले खुल्ने नियति सो उद्योगले भोग्दै आएको छ । सरकारले बन्द उद्योग सञ्चालन गर्ने घोषणा गरेकाले विभिन्न समस्यासँग जुध्दै अएको हेटौँडा उद्योग पनि नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको हो ।

सिमेन्ट उद्योगलाई पुनः नियमित कसरी सञ्चालन गर्न सकिन्छ भने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएको छ । हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग पहल गरिरहेको उनले बताए ।

‘हेटौँडा सिमेन्ट उद्योगलाई पुनः कसरी नियमित रूपमा सञ्चालन गर्न सकिन्छ भने विषयमा प्रधानमन्त्री र उद्योगमन्त्रीसँग पनि कुरा गरेको छु’, सांसद गौतमले भने, ‘यसै विषयमा केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेको छु, उनीहरूले पनि सकारात्मक आश्वासन दिनुभएको छ ।’ उद्योगका कर्मचारीहरूसँग पनि यस विषयमा अन्तरक्रिया गरेको छु, सबैबाट राम्रै सुझाव आएको छ’, उनले भने ।

‘उद्योग चलाउन सकिने सम्भावना देखिन्छ, उद्योग रुग्ण हुनुमा व्यापारिकभन्दा पनि सरकारी भएपछि सेवामूलक, तलबमात्र खाने बाटो बनाएको जस्तो मात्रै’, उनले भने, ‘उद्योगमा हुँदै आएको राजनीतिक हस्तक्षेप, आन्तरिक रूपमा हुने भ्रष्टाचार रोक्न सकियो र नयाँ व्यवस्थापन टिम बनाउन सकियो भने उद्योग चलाउन सकिने सम्भावना देखिन्छ ।’ त्यसैका लागि म प्रयास गरिरहेको छु, छिट्टै सकारात्मक परिणाम आउन सक्नेमा विश्वास्त छु, उनको कथन छ ।

उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ मा गत भदौको १९ देखि २४ गतेसम्म पाँच दिनमात्र उद्योग सञ्चालन भएको छ । सो अवधिमा दुई हजार ५०० टन क्लिङ्कर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन भएको उद्योगका निमित्त महाप्रबन्धक डा. शिवनारायण साहले बताए ।

गत चैत १३ गतेदेखि उद्योगले पुनः क्लिङ्कर उत्पादन प्रक्रिया सुरु गरे पनि कच्चा पदार्थ नहुँदा पुनः रोकिएकोछ । अघिल्लो महिनामा कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आउन नसकेकाले एकदुई दिनमा पुनः उद्योग बन्द हुने निमित्त प्रमुख डा. साहको भनाइ छ ।

‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० टन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ’, उनले भन, ‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन,’ उनले भने ।

उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत छन् । आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थपिएको छ ।

२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरूको भनाइ छ । (रासस)

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १० : ५२ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

बागमती स्विट्सको बदाममा कीरा, उत्पादन र बिक्रीमा रोक

काठमाडौं– काठमाडौं महानगरपालिका ११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को उत्पादन

गाजामा इजरायली आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– गाजा स्थित प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा भएको इजरायली आक्रमणमा

संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार हुने

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते

बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी-२०८३ आयोजना गरिने

काठमाडौं– बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी–२०८३ आयोजना गरिने