च्याम्पियन्स लिग : साविक विजेता पीएसजी र एट्लेटिको सेमिफाइनलमा, बार्सिलोना बाहिरियो « Khabarhub

च्याम्पियन्स लिग : साविक विजेता पीएसजी र एट्लेटिको सेमिफाइनलमा, बार्सिलोना बाहिरियो


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र एट्लेटिको मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । मङ्गलबार राति भएका क्वाटरफाइनलका दोस्रो लेगमा जित निकाल्दै दुवै टोलीले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

पीएसजीले लिभरपुललाई उसकै मैदान एनफिल्डमा २–० ले पराजित गर्‍यो । पीएसजीको जितमा दुवै गोल ओसमन डेम्बेलेले गरे । उनले ७२ औँ मिनेट र खेलको इन्जुरी समयमा गोल थपेका थिए । पहिलो लेगमा पनि २–० ले नै विजयी भएको पीएसजी समग्रमा ४–० को नतिजासहित सेमिफाइनल पुगेको हो । लिभरपुल लगातार दोस्रो सिजन पीएसजीसँग पराजित हुँदै बाहिरिएको छ ।

अर्को खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २–१ ले हराए पनि प्रतियोगिताबाट बाहिरिनु पर्‍यो । पहिलो लेगमा २–० को जित निकालेको एट्लेटिको समग्रमा ३–२ को अग्रतासहित सेमिफाइनल पुग्न सफल भयो ।

बार्सिलोनाका लागि लामिन यामल र फेरान टोरेसले गोल गरे पनि एट्लेटिकोका एडेमोला लुकमनले गरेको एक गोल नै निर्णायक बन्यो ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ११ : ०९ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००