च्याम्पियन्स लिग : साविक विजेता पीएसजी र एट्लेटिको सेमिफाइनलमा, बार्सिलोना बाहिरियो « Khabarhub

च्याम्पियन्स लिग : साविक विजेता पीएसजी र एट्लेटिको सेमिफाइनलमा, बार्सिलोना बाहिरियो


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र एट्लेटिको मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । मङ्गलबार राति भएका क्वाटरफाइनलका दोस्रो लेगमा जित निकाल्दै दुवै टोलीले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

पीएसजीले लिभरपुललाई उसकै मैदान एनफिल्डमा २–० ले पराजित गर्‍यो । पीएसजीको जितमा दुवै गोल ओसमन डेम्बेलेले गरे । उनले ७२ औँ मिनेट र खेलको इन्जुरी समयमा गोल थपेका थिए । पहिलो लेगमा पनि २–० ले नै विजयी भएको पीएसजी समग्रमा ४–० को नतिजासहित सेमिफाइनल पुगेको हो । लिभरपुल लगातार दोस्रो सिजन पीएसजीसँग पराजित हुँदै बाहिरिएको छ ।

अर्को खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २–१ ले हराए पनि प्रतियोगिताबाट बाहिरिनु पर्‍यो । पहिलो लेगमा २–० को जित निकालेको एट्लेटिको समग्रमा ३–२ को अग्रतासहित सेमिफाइनल पुग्न सफल भयो ।

बार्सिलोनाका लागि लामिन यामल र फेरान टोरेसले गोल गरे पनि एट्लेटिकोका एडेमोला लुकमनले गरेको एक गोल नै निर्णायक बन्यो ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ११ : ०९ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक