विद्यार्थीले तयार गरेका बाँसका सामग्री अतिथिलाई उपहार « Khabarhub

विद्यार्थीले तयार गरेका बाँसका सामग्री अतिथिलाई उपहार


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झनास्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा सामान्यजस्तै बनेको छ । तर पोखरा महानगरपालिका–१७ मा हालै आयोजित एक कार्यक्रमले यो परम्परालाई फरक ढङ्गले प्रस्तुत गरिएको छ ।

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई स्थानीय विद्यार्थीका सिर्जनात्मक हातबाट बनेका बासका सामग्री उपहार प्रदान गरिएको थियो । जानकी माध्यमिक विद्यालय पोखरा– १७ महतगौडामा कक्षा ५ देखि ८ मा अध्ययनरत विद्यार्थीले निर्माण गरेका सामग्री वितरण गरिएको हो ।

विद्यार्थीले तयार पारेका बाँसका पेन होल्डर, ढकियालगायतका सामाग्री वडाध्यक्ष राधिका शाही योगीले नगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याललाई हस्तान्तरण गरे । उक्त सामग्री केवल उपहारमात्र नभई विद्यार्थीको सीप, मेहनत र सिर्जनशीलताको प्रतीक बनेको थियो ।

कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरूले परम्परागत उपहारभन्दा फरक, स्थानीय स्रोत र श्रमको प्रयोगबाट बनेका सामग्रीले गहिरो प्रभाव पारेको प्रतिक्रिया दिएका थिए । बजारमा सजिलै पाइने वस्तुभन्दा आफ्नै गाउँ समुदायका बालबालिकाले बनाएका सामग्रीले आत्मीयता र मौलिकताको अनुभूति गराएको उनीहरूको सामुहिक भनाई थियो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आर्थिक सहयोगमा विद्यार्थीका लागि सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम अन्तर्गतको एक लाख ५० हजार रुपैयाले तालिम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले जानकारी दिए ।

विद्यालय विदाको समयको सदुपयोग गर्दै सञ्चालन गरिएको उक्त तालिमले विद्यार्थीलाई सीपमूलक शिक्षासंग जोड्नुका साथै उनीहरुमा आत्मनिर्भरता र सृजनशीलता विकास गर्न मद्दत पुगेको उनको भनाइ छ । बाँसका सामान बिक्रीबाट भएको रकम विद्यार्थी र विद्यालयको आयआर्जनसँग जोडिने गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए ।

स्थानीय स्रोत, सीप र सिर्जनालाई प्राथमिकता दिने यस्तो अभ्यासले एकातिर आयातित वस्तुमा निर्भरता घटाउने सङ्केत दिएको छ भने अर्कातर्पm विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसरसमेत सिर्जना गरेको प्रशिक्षक कमल आचार्य बताउँछन् । तालिममा २५ जना विद्यार्थीको सहभागिता रहँदै आएको छ । यस घटनाले औपचारिक कार्यक्रममा प्रयोग हुने उपहारको परम्परामा नयाँ सोच र दिशाको सङ्केत गर्दै स्थानीय उत्पादन, स्थानीय सम्मान भन्ने सन्देश प्रवाह गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ११ : ४३ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक