कांग्रेस आधिकारिकताबारे नेता महर भन्छन्– ‘ढिलो न्याय पाउनु पनि नपाउनु सरह हो’ « Khabarhub

कांग्रेस आधिकारिकताबारे नेता महर भन्छन्– ‘ढिलो न्याय पाउनु पनि नपाउनु सरह हो’


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्याय सम्पादनमा समयमै न्याय हुनु लोकतान्त्रिक शासनको मूल आधार भएको बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वोच्च अदालतमा विचारधीन अवस्थामा रहेको कांग्रेसको आधिकारिता विवादसम्बन्धी मुद्दातर्फ ईंगित गर्दै उनले ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह भएको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘न्याय सम्पादनमा समयमै न्याय हुनु लोकतान्त्रिक शासनको मूल आधार हो ।’

सर्वोच्च अदालतमा विचाराधीन कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा भइरहेको ढिलाइले स्वाभाविक रूपमा गम्भीर चासो उत्पन्न गरेको उनको भनाइ छ ।

‘शक्तिशाली सरकारलाई सन्तुलन र निगरानी गर्न सशक्त र एकीकृत प्रतिपक्ष अपरिहार्य हुन्छ । त्यसैले यस विषयको न्यायिक निरूपण केवल दलगत नभइ राष्ट्रिय लोकतान्त्रिक सन्तुलनसँग जोडिएको महत्वपूर्ण प्रश्न हो,’ महरले लेखेका छन्, ‘यसकारण, सर्वोच्च अदालतबाट ढिलो नगरिकन निष्पक्ष, स्पष्ट निर्णय आउनु आजको अनिवार्य आवश्यकता हो ।’

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : १२ बजे

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेका

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज