गण्डकीमा फेरियो मन्त्रिमण्डल : कांग्रेस र एमालेले पठाए नयाँ अनुहार « Khabarhub

गण्डकीमा फेरियो मन्त्रिमण्डल : कांग्रेस र एमालेले पठाए नयाँ अनुहार


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

पाेखरा- गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बुधबार पुनर्गठन गरिएको छ । बुधबार नेकपा एमाले र नेपाली कांग्रेसबाट नयाँ अनुहारलाई मौका दिइएको छ।

एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन् ।

यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री भएकी छन्। उता लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।

त्यसैगरी, कांग्रेसबाट जीत शेरचन अर्थमन्त्री बनेका छन् । नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री भएका छन् । नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र रेखा गुरुङ वन तथा वातावरण मन्त्री भएका छन् ।

यसअघि गण्डकी सरकारमा कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हालेका थिए ।

त्यस्तै, अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालयमा भेषबहादुर पौडेल थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री सुरेन्द्र पाण्डे आफैंले राखेका थिए ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण बुधबार मध्याह्न पर्यटन बोर्ड कार्यालयमा भएको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : २६ बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका