गण्डकीको पुनर्गठित मन्त्रिमण्डलमा नपरेपछि सांसद पदबाटै राजीनामा ! « Khabarhub

गण्डकीको पुनर्गठित मन्त्रिमण्डलमा नपरेपछि सांसद पदबाटै राजीनामा !


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशस्थित एकजना नेपाली कांग्रेसका सांसदले मन्त्री हुन नपाएपछि राजीनामा दिएका छन्। कांग्रेस सांसद द्रोर्णकुमार कुँवरले बुधबार प्रदेशसभा सदस्य पदबाटै राजीनामा गरेका हुन्।

बागलुङ क्षेत्र नं. २ (२) बाट प्रत्यक्ष निर्वाचित उनी बुधबार गण्डकी प्रदेश सरकारका सदस्य फेरबदल हुँदा मन्त्री हुने दौडमा थिए ।

तर उनले बुधबार त्यहाँका सभामुखका नाममा पत्र लेख्दै सांसदबाट राजीनामा दिएका छन्। राजीनामा वैशाख २ गते अर्थात् आजैदेखि लागू हुने उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनले क्षमायाचना गरेका छन्।

सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने उनले बताएका छन्। आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी र शुभेच्छुकप्रति कांग्रेसका महासमिति सदस्यसमेत रहेका उनले आभार प्रकट गरेका छन् ।

बुधबार गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि उनी अट्न सकेनन् । बुधबार एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन् ।

यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री भएकी छन्। उता लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।

त्यसैगरी, कांग्रेसबाट जीत शेरचन अर्थमन्त्री बनेका छन् । नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री भएका छन् । नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र रेखा गुरुङ वन तथा वातावरण मन्त्री भएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : ३६ बजे

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,