आईसीसी च्यालेन्ज ट्रफी खेल्ने महिला क्रिकेट टोलीको बिदाइ « Khabarhub

आईसीसी च्यालेन्ज ट्रफी खेल्ने महिला क्रिकेट टोलीको बिदाइ


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । 

नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा हुने प्रतियोगितामा अमेरिका, भानुआटु र रुवान्डासँग डबल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछ । 

नेपाली महिला टोली पहिलो पटक रुवान्डा गएर खेल्न लागेको हो । घाइते भएपछि इन्दु मैदान बाहिर रहेकी कप्तान इन्दु यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा फर्किएकी छन् ।

बिदाइ कार्यक्रममा कप्तान इन्दुले प्रतियोगिताका लागि आफू सम्पूर्ण रुपमा तयार रहेको बताइन् । बिगतका खेलमा भएका कमी कमजोरी सुधार गर्दै जीत हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने उनले बताइन् ।

त्यस्तै राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकले यसपटक राम्रो तयारी भएकाले नेपालको पक्षमा नजिता आउने विश्वास व्यक्त गरे ।

नेपाली टोलीको कप्तानमा इन्दु र उपकप्तानको जिम्मेवारीमा पूजा महतो रहेका छन् भने बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय, रूबिना क्षेत्री र रचना चौधरी टीममा समावेश छन् । 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : ३६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल