दोस्रो आर्थिक गणना सुरु  « Khabarhub

दोस्रो आर्थिक गणना सुरु 


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय आर्थिक गणना अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य देशैभर सुरु भएको छ ।  

अर्थतन्त्र मापनको लागि आर्थिक गणना भन्ने नाराका साथ देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ अवस्था प्राप्त गर्न दोस्रो आर्थिक गणना सुरु गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 

तथ्याङ्क सङ्कलन शुभारम्भका सम्बन्धमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८३ असार मसान्तसम्म दोस्रो आर्थिक गणना सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराएको छ । 

गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए ।  

उनले अर्थतन्त्र सुधारका लागि राज्यले लिएको नीतिलाई पुरा गर्न कार्यालयले आर्थिक गणना गर्ने गरेको उल्लेख गरे । लामिछानेले सङ्कलन गरिएका विवरणहरू तथ्याङ्क ऐन अनुसार गोप्य राखिने र केवल सामूहिक रुपमा तथ्याङ्कीय प्रयोजनका लागि मात्रै प्रयोग हुने बताए । 

राष्ट्रिय आर्थिक गणनामा २१ वटा वर्गीकरणमध्ये विभिन्न १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन हुने तथ्याङ्क कार्यालयले जनाएको छ । 

त्यस क्रममा देशभर दर्ता भए/नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने बताइएको छ । 

यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १ : १३ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा