बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी-२०८३ आयोजना गरिने « Khabarhub

बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी-२०८३ आयोजना गरिने


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी–२०८३ आयोजना गरिने भएको छ ।  

स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालले बुधबार बुटलमा पत्रकार सम्मेलन गर्दै  स्थानीय सीप, कला तथा उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले वैशाख ५ गते स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी गर्न लागिएको जनाएको हो । 

प्रतिष्ठानले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजारको सहकार्यमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–६, ट्राफिक चोकको पुरानो फिल्महल परिसरमा आयोजना गर्न लागिएको जानकारी दिएको छ । 

स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष डा. मानबहादुर विकले यस प्रकारको प्रदर्शनी नेपालमै नयाँ र पहिलो प्रयास भएको बताए  । 

उनले परम्परागत रैथाने उत्पादनले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने भएकाले यसको संरक्षण र बजार विस्तारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

प्रदर्शनीमा स्थानीय सीपसम्बन्धी प्रत्यक्ष प्रदर्शन, हस्तकला तथा स्थानीय उत्पादन जातीय पहिचानका उत्पादन तथा कला सांस्कृतिक पहिचानका करिब ५० वटा स्टल, मौलिक खाना परिकार, झाँकी तथा सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  २ : ११ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो