‘फ्रान्समा पक्राउ परेका इरानी नागरिक स्वदेश फिर्ता’ « Khabarhub

‘फ्रान्समा पक्राउ परेका इरानी नागरिक स्वदेश फिर्ता’


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक वर्ष भन्दा लामो समयदेखि फ्रान्समा बन्दी बनाइएका इरानी नागरिक महदिह एस्फान्डियारी स्वदेश फर्केकी छन् । इरानले दुई फ्रान्सेली नागरिकहरूलाई रिहा गरेको एक हप्ता पछि उनलाई रिहा गरेको जनाइएको छ । 

प्यालेस्टिनी अधिकार कर्मीको रुपमा कार्यरत महदिह एस्फान्डियारी फ्रान्सको जेलबाट रिहा भएपछि इरान फर्केको जनाइएको छ । 

जासुसीको आरोपमा इरानी जेलमा तीन वर्ष भन्दा बढी समय बिताएका फ्रान्सेली नागरिक सिसिल कोहलर र ज्याक पेरिस फ्रान्स रिहा भएको एक हप्ता पछि एस्फान्डियारीको रिहाइ भएको हो ।

यस अघि इरानले एस्फान्डियारीका लागि आदान–प्रदानको रूपमा दम्पतीलाई मुक्त गर्न सकिने सुझाव दिएको थियो ।

गत फेब्रुअरीमा फ्रान्सेली अदालतले उनलाई सामाजिक सञ्जालमा गरेको टिप्पणीमा आतंकवाद ठहर गरेको आरोपमा एक वर्षको जेल सजाय सुनाएको थियो ।

कोहलर र पेरिसलाई सन् २०२२ मे मा इरानमा पक्राउ गरी जासुसीको आरोपमा तीन वर्षभन्दा बढी जेलमा राखे पछि गत नोभेम्बरमा रिहा गरिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ४ : ५३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली