पोर्चुगलमा नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन « Khabarhub

पोर्चुगलमा नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लिस्बन– पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले एक वर्षमा राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवामा उल्लेख्य प्रगति गरेको छ ।

सोमबार पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूसँगको भेटघाट, छलफल तथा अन्तरक्रियामा दूतावासले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै दूतावास स्थापनाको एक वर्षको अवधिमा ३५ हजार बढीको सङ्ख्यामा राहदानीलगायत कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरेको जनाएको हो ।

दूतावासले सार्वजनिक गरेको प्रतिवेदनअनुसार राहदानी (इ–पासपोर्ट) नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, शैक्षिक तथा पारिवारिक कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा र यात्रा अनुमतिपत्रलगायत सेवा गरी कुल ३५ हजार ७८९ सेवा प्रवाह गरिएको छ । जसमा दूतावासले सबैभन्दा बढी प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरणसम्बन्धी सेवा प्रदान गरेको छ । प्रतिवेदनअनुसार २३ हजार ७८९ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरिएको छ । 

एक वर्षको अवधिमा दूतावासले पाँच हजार ७९६ जना नेपालीलाई राहदानी (इ–पासपोर्ट) सम्बन्धी सेवा प्रदान गरेको छ भने १०९ जनाको यात्रा अनुमतिपत्र जारी गरिएको दूतावासले जनाएको छ । 

यस्तै, पाँच हजार ६५५ वटा शैक्षिक प्रमाणपत्र, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण गरिएको छ । प्रतिवेदनअनुसार ४१४ वटा अधिकृत वारेसनामा र २६ वटा शव फिर्तीसम्बन्धी सेवाप्रवाह गरिएको दूतावासले जनाएको छ । 

दूतावासले एक वर्षको अवधिमा २९ लाख ९० हजार युरो अर्थात् करिब ५० करोड नेपाली रुपैयाँ राजस्व संकलन गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए । 

दूतावासले प्रवाह गरेका सेवाहरूले पोर्चुगलवासी नेपाली समुदायलाई प्रत्यक्ष रूपमा सहजता प्रदान गरेको उल्लेख गर्दै राजदूत पौडेलले राहदानी, कागजात प्रमाणीकरणलगायत नियमित सेवाका साथै समस्या समाधानमा दूतावास निरन्तर सक्रिय रहेको बताए। 

दूतावासले प्रवर्द्धनात्मक कार्यहरू, नेपाली समुदायसँग सम्बन्धित कार्य, आर्थिक कूटनीतिसम्बन्धी पहल, पोर्चुगिज सरकारका विभिन्न निकायसँग सम्बन्ध तथा समन्वय, दुईपक्षीय सम्बन्ध विस्तार तथा दुई देशबीचका उच्चस्तरीय भ्रमणसम्बन्धी गतिविधिलगायत कूटनीतिक कार्य प्राथमिकताका आधारमा गरिरहेको जनाएको छ । 

सो अवसरमा दूतावासले एक वर्षमा गरेका कार्यहरू, दूतावासबाट प्रवाह हुने सेवाहरू, कूटनीतिक गतिविधिहरू तथा आगामी कार्ययोजनालगायत विषयमा जानकारी गराएको थियो । कार्यक्रममा राजदूत पौडेलसहित दूतावासका अन्य कर्मचारी तथा पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूको सहभागिता रहेको थियो ।

 गत २०२५ मार्च ३१ मा लिस्बनमा दूतावास स्थापना भएको थियो भने २०२५ अप्रिल १६ बाट दूतावासले सेवा दिन सुरु गरेको थियो । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि ६० हजारभन्दा बढीको सङ्ख्यामा नेपालीहरू रहेको दूतावासको अनुमान छ ।
 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ५ : १३ बजे

सरकारले १ मिलियन स्वीस फ्रेन्क अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा

०६२-०६३ यताका उच्च पदस्थको सम्पत्ति छानबिन हुन्छ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रालयहरूसँग सवारी साधनको विवरण माग

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा

चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन

एजेन्सी– स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद