वैद्यखानाले अब ‘जीएमपी’ मापदण्ड अनुसार औषधि उत्पादन गर्ने « Khabarhub

वैद्यखानाले अब ‘जीएमपी’ मापदण्ड अनुसार औषधि उत्पादन गर्ने


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य सङ्गठनको कुशल उत्पादन अभ्यास (जीएमपी) मापदण्डमा लैजाने तयारी गरिएको छ । 

समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले चाँडै  वैद्यखानाबाट उत्पादन हुने औषधि जीएमपी मापदण्डमा उत्पादन गरिने बताए। उनका अनुसार यसै वर्ष शिलाजित, मिमियालगायत औषधिलाई जीएमपी मापदण्डअनुसार उत्पादन गरिनेछ । आगामी आर्थिक वर्षदेखि चुर्ण र ट्याब्लेटलाई जीएमपी मापदण्डमा उत्पादन गरिने उनको भनाइ छ । 

कार्यकारी निर्देशक केसीले आफू समितिको अध्यक्ष भएर आएदेखि औषधि उत्पादन बढेको बताए। उनका अनुसार १०३ प्रकारका औषधि उत्पादन गरिरहेको बताए ।

‘हामीले लक्ष्यभन्दा बढी औषधि उत्पादन गरिरहेका छौँ । चालु आवमा ८४ औषधि उत्पादन गर्ने लक्ष्य भए पनि हामीले १०३ प्रकारका औषधि उत्पादन गरिरहेका छौँ’, उनले भने, ‘सबैको सहयोगबाट वैद्यखानामा औषधि उत्पादन बढाइएको छ ।’

आव २०८१-८२ मा ७७ औषधि उत्पादन गर्ने भने तापनि ४० प्रकारका औषधि उत्पादन गरिएको थियो । यस्तै, आव २०८०-८१ मा १४ प्रकारका, आव २०७९-२०८० र आव २०७८-२०७९  मा १५ प्रकार, आव २०७७-०७८ मा २५ प्रकारका औषधि उत्पादन भइरहेको थियो । 

कार्यकारी निर्देशक केसीले विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पुर्‍याइएको बताए । वैद्यखानाले चालु आवमा वार्षिक ५५ हजार किलो बराबरको कच्चापदार्थबाट औषधि उत्पादन गर्दै आइरहेको छ । 

वैद्यखानाले हालसम्म १०१ खरिद आदेशमा सम्झौता भएर ८५ काम सम्पन्न गरिसकेको छ । 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ५ : १७ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो