गगनलाई पूर्णबहादुरको ‘काउन्टर’ : स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक « Khabarhub

गगनलाई पूर्णबहादुरको ‘काउन्टर’ : स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरणलाई हाँस्यास्पद भनेर कटाक्ष गरेका छन् ।

बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकमार्फत् आफूलाई स्पष्टीकरण सोधिएपछि खड्काले यस्तो बताएका हुन्।

उनले आफूलाई स्पष्टीकरण सोध्ने समितिलाई नै अवैधानिक भनिदिएका छन् । उक्त समितिले हुँदै नभएको जिम्मेवारी देखाएर पार्टीको लेटरप्याड दुरुपयोग गरेको आरोपमा खड्कासँग ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उता देउवा समूहबाट अहिले पनि कार्यवाहक सभापतिका नाममा वक्तव्य निकालिरहेका खड्काले आफूले सक्कली लेडरहेड नै प्रयोग गरेको जिकिर गरेका छन् ।

आफूले पुस अन्तिममा भएको विशेष महाधिवेशन र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई अवैध रहेको मागदाबीसहित सर्वोच्च अदालतमा रिट हालेको उनले सम्झाए । अहिले पनि उक्त रिटबारे अन्तिम निर्णय आइनसकेको खड्काले बताएका छन्।

‘अवैधानिक विशेष महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएका अवैध संरचनाले स्पष्टीकरण सोध्ने जुन निर्णय भएको छ,’ उनल, ‘यो निर्णय निरर्थक र हास्यास्पद छ, अर्थहीन पनि छ । मेरो कुरा अहिलेलाई यत्ति नै हो ।’

खड्काले यसअघि दुई पटकसम्म कांग्रेस कार्यवाहक सभापतिका रुपमा वक्तव्य निकालेका छन् । उनले रमेश लेखक र केपी शर्मा ओलीलाई गरिएको धरपकडको कार्यवाहक सभापतिकै रुपमा विरोध गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ५ : २८ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि