दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ « Khabarhub

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागूऔषध गाँजासहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा स्थानीय २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए । 

सप्तकोशी नदीमा लागूऔषध गाँजा ओसारपसार भइरहेको भनी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले २२५ केजी गाजासहित दुवै जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।  

बाँसको झाकलाई भङगालो छेउमा चेकजाँच गर्ने क्रममा झाक मुनिको भागमा लुकाइछिपाइ राखेको अवस्थामा नौ वटा प्लाष्टिकको बोरामा २२५ किलो गाँजा र को ३० प ९४७५ नम्बर मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थेबेले जानकारी दिए । 

पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ५ : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको