चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन « Khabarhub

चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले मन्त्रिमण्डल पुनर्गठन गर्दै मन्त्रीहरूको सङ्ख्या घटाएका छन् । सरकारका अनुसार यो निर्णय राजनीतिक दबाब र हालैको निर्वाचन परिणामसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

राष्ट्रपति मुइजुले २० सदस्यीय मन्त्रिमण्डललाई घटाएर १५ सदस्यीय बनाउँदै नयाँ अनुहारहरूलाई समावेश गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा चार नयाँ मन्त्री नियुक्त गरिएको छ । यसै क्रममा विदेशमन्त्री अब्दुल्ला खलीललाई हटाएर लन्डनस्थित माल्दिभ्सका उच्चायुक्त इरुथिसाम आदमलाई नयाँ विदेशमन्त्री बनाइएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्‍तिअनुसार मन्त्रिपरिषद् पुनर्गठनको मुख्य उद्देश्य सरकारलाई अझ प्रभावकारी र चुस्त बनाउनु रहेको छ । तर यो कदम स्थानीय चुनावमा सत्तारूढ पिपुल्स नेसनल कङ्ग्रेसले भोगेको अपमानजनक पराजयपछि आएको हो ।

यसअघि रक्षामन्त्री मोहम्मद घसान मउमुनसहित अन्य नौ मन्त्रीहरूले राजीनामा दिएका थिए, जसले राष्ट्रपति मुइजुलाई सरकार पुनर्गठनका लागि थप बाटो खोलिदिएको बताइएको छ । रक्षामन्त्रीको स्थानमा नयाँ नियुक्ति भने हालसम्म घोषणा गरिएको छैन ।

करिब ८० लाख अमेरिकी डलर बचत हुने अनुमान गरिएको एक विवादास्पद सरकारी योजनालाई अस्वीकार गरिएको केही दिनपछि यो राजनीतिक परिवर्तन भएको हो । सो योजनाअनुसार राष्ट्रपति र संसदीय चुनाव एकै दिन गराउने प्रस्ताव गरिएको थियो ।

त्यसैगरी, जनमतसङ्ग्रहसँगै सम्पन्न स्थानीय परिषद् निर्वाचनमा पनि राष्ट्रपति मुइजुको पार्टी पिपुल्स नेसनल कङ्ग्रेसले ठूलो धक्का बेहोरेको थियो । विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले राजधानी मालेसहित दोस्रो ठूलो निर्वाचन क्षेत्र अड्डुका प्रमुख परिषद्हरूमा विजय हासिल गरेको छ ।

करिब एक हजार १९२ कोरल टापुहरूमा फैलिएको सानो टापु राष्ट्र माल्दिभ्स भूराजनीतिक दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रका रूपमा रहेको छ । पूर्व–पश्चिम प्रमुख समुद्री मार्गमा अवस्थित भएकाले यो देशमा अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धा पनि तीव्र छ ।

लगभग तीन लाख ८२ हजार जनसङ्ख्या रहेको माल्दिभ्समा भारत र चीनजस्ता क्षेत्रीय तथा वैश्विक शक्तिहरूले प्रभाव विस्तारका लागि प्रतिस्पर्धा गर्दै आएका छन् । यस सन्दर्भमा पछिल्लो राजनीतिक अस्थिरता र मन्त्रिमण्डल पुनर्गठनलाई रणनीतिक दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : २१ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख