आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ कृष्ण पक्षको त्रयोदशी तिथि । तदनुसार सन् २०२६ मे १५ तारिख । वृष संक्रान्ति, अन्तर्राष्ट्रिय परिवार दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । आज तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ । परोपकार गर्ने मौका मिल्नेछ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । परिवारमा विश्वासको खडेरी हुनसक्छ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

वृष : दिन सामान्य राम्रो छ । गुम्न लागेको धन हात लाग्ने योग रहेको छ । साथी सकारात्मक छन् । लगानी रहेको क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ । हरेक काममा मिहिनेतको खाँचो भने देखिन्छ ।

मिथुन : शुभ दिन रहेको छ । समाजमा बोलीको प्रभावले अरुलाई मख्ख पार्न सकिनेछ । आर्थिक र सामाजिक क्षेत्र सबल छन् । पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ । अचानक रोगको प्रकोप बढ्नसक्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ ।

कर्कट : व्यापारमा फाइदा हुने दिन छ । आफूले गरेको कामको भने विरोध सुन्नुपर्ने जोखिम छ । एक्लो भएको महसुस हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षामा अल्छीपनले घाटा हुनेछ । धर्मकर्ममा मन जानेछ ।

सिंह : शिक्षामा सफलता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । आफन्तबाट भने कामको विरोध हुने देखिन्छ । मिहिनेतको फल मिल्नेछ । व्यापारमा नाफा हुने योग छ । साथीले हरेक काममा साथ दिनेछन् ।

कन्या : दिन सामान्य छ । पारिवारिक घुमघामको समय छ । ज्ञान र सीप भएका साथीको साथ रहनेछ । आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ । सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ ।

तुला : समय सामान्य छ । सहयोग गर्ने भनिएका व्याक्तिबाट असहयोग हुनेछ । बोली र व्यवहारमा सचेत हुनु राम्रो हुन्छ । गणेशको भजन सुन्नु राम्रो हुन्छ । दुबो चढाएमा दिन सफल बन्नेछ । साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने छ ।

वृश्चिक : दिन सहज छ । शिक्षाको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा खराब मानिससँग बचेर गर्नुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रतिस्पर्धीको आवाज शान्त रहेको छ । स्वस्थ्यमा सुधार हुनेछ । व्यापारमा भने मिहिनेत गर्नुपर्ने दिन छ ।

धनु : दिन सामान्य छ । झुटा आरोप लाग्नसक्छ । मन खुशी नहुने शब्द सुन्नुपर्ने हुनसक्छ । वैदेशिक क्षेत्रको क्षेत्रमा विवाद हुनेछ । धार्मिक क्षेत्रमा सानो योगदान दिए सबै कुरा मिल्नेछ । शिक्षामा थप समय दिनुपर्ने देखिन्छ ।

मकर : दिन राम्रो छ । गलत बाटो हिँड्ने जोखिम भएकाले साथीको सहयोग स्वीकार गर्नु उचित हुनेछ । शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ ।

कुम्भ : संघर्ष गरेका क्षेत्रबाट सफलता मिल्नेछ । शिक्षाको लगानीमा फाइदा हुनेछ । परिवारले राम्रो साथ दिनेछन् । लामो यात्रा नगर्नु र यात्रा गर्नैपरे पश्चिम नजानु राम्रो हुन्छ । हरेक काम गर्दा सचेत हुनुपर्ने दिन छ ।

मीन : दिन राम्रो छ । लगानीबाट सन्तोष मिल्नेछ । शिक्षाको लगानीमा सफलता, स्वास्थ्यमा लाभ र रोजगारीको क्षेत्रमा गरेको लगानीबाट बढुवा हुने योग छ । वैदेशिक क्षेत्रमा फइदा हुनेछ । परिवारको साथ हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ५ : ११ बजे

यस्तो छ अर्थमन्त्रीले तयार पारेको बजेटको प्राथमिकता : डिजिटल रूपान्तरण र आर्थिक सुधार

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट