तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा « Khabarhub

तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

धर्मशाला – मुम्बई इन्डियन्सका युवा ब्याटर तिलक बर्माले विष्फोटक इनिङ्स खेलेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बिहीबार पन्जाब किंग्स ६ विकेटले पराजित भएको छ । लगातार पाँचौँ हारसँगै पन्जाबको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ ।

धर्मशालामा पन्जाबले दिएको २०१ रनको लक्ष्य मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको जितमा नायक बनेका तिलक बर्माले मात्र ३३ बलमा ७५ रनको नटआउट पारि खेले । उनले आफ्नो इनिङ्समा ६ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै, ओपनर रायन रिकेल्टनले २३ बलमा ४८ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०० रन बनाएको थियो । उसका लागि प्रभसिमरन सिंहले ५७ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । मुम्बईका सार्दुल ठाकुरले घातक बलिङ गर्दै ४ विकेट लिए ।

प्रतियोगिताबाट अघिल्लो खेलमै बाहिरिसकेको मुम्बईको यो जितपछि ८ अंक भएको छ । सुरुवाती सात खेलमा अपराजित रहेको पन्जाब भने १३ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ८ : ०३ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम