तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा « Khabarhub

तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

धर्मशाला – मुम्बई इन्डियन्सका युवा ब्याटर तिलक बर्माले विष्फोटक इनिङ्स खेलेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बिहीबार पन्जाब किंग्स ६ विकेटले पराजित भएको छ । लगातार पाँचौँ हारसँगै पन्जाबको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ ।

धर्मशालामा पन्जाबले दिएको २०१ रनको लक्ष्य मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको जितमा नायक बनेका तिलक बर्माले मात्र ३३ बलमा ७५ रनको नटआउट पारि खेले । उनले आफ्नो इनिङ्समा ६ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै, ओपनर रायन रिकेल्टनले २३ बलमा ४८ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०० रन बनाएको थियो । उसका लागि प्रभसिमरन सिंहले ५७ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । मुम्बईका सार्दुल ठाकुरले घातक बलिङ गर्दै ४ विकेट लिए ।

प्रतियोगिताबाट अघिल्लो खेलमै बाहिरिसकेको मुम्बईको यो जितपछि ८ अंक भएको छ । सुरुवाती सात खेलमा अपराजित रहेको पन्जाब भने १३ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ८ : ०३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका