प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क साम्पाङको विज्ञप्ति: ‘सदनको अपमान गरेको’ आरोप « Khabarhub

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै हर्क साम्पाङको विज्ञप्ति: ‘सदनको अपमान गरेको’ आरोप


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन् । विज्ञप्ति जारी गर्दै सांसद राईले प्रधानमन्त्री शाह संसदीय अभ्यासमा गैरजिम्मेवार देखिएको र संसदको अपमान गरेको आरोप लगाउँदै पदत्याग गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा प्रधानमन्त्री शाहले जेठ २८ गते राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सभा छोडेर बाहिरिएको, जेठ ३० गते छलफलका क्रममा उपस्थित नभएको र नजिकैको कार्यालयमा बसेर संसदको गतिविधि ‘लाइभ’ हेरे पनि सदनमा जवाफ दिन नआएको उल्लेख छ । सांसद राईले प्रधानमन्त्रीका यी कार्यहरूलाई संसदीय परम्पराको बेवास्ता र ‘संसदीय अभ्यासको इतिहासमा कालो धब्बा’ को संज्ञा दिएका छन् ।

“जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएका प्रधानमन्त्री कुन नैतिकताको आधारमा कुर्सीमा बसिरहेका छन् ?” विज्ञप्तिमा प्रश्न गरिएको छ, “कर्तव्य पूरा गर्न नसक्नेले नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।” साथै, उनले सरकार संसदलाई छलेर अध्यादेशको बाटोबाट हिँड्न खोजेको र न्यूनतम जिम्मेवारी समेत पूरा गर्न नसकेको दाबी गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ९ : २७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले