ट्रम्पलाई गुलाफको बीउ उपहार पठाउँदै राष्ट्रपति सी « Khabarhub

ट्रम्पलाई गुलाफको बीउ उपहार पठाउँदै राष्ट्रपति सी

सी र ट्रम्प भेट: चर्चामा ४९० वर्ष पुरानो रुख र गुलाफको उपहार


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उपहारस्वरूप चिनियाँ गुलाफको बीउ पठाउने भएका छन् । ट्रम्पको सम्मानमा आयोजित दिवाभोज र छलफलका क्रममा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको कार्यस्थल र निवास रहेको ‘झोङ्नान्हाई कम्पाउन्ड’ मा ट्रम्पलाई स्वागत गर्दै सीले यसको ऐतिहासिक महत्त्वबारे जानकारी गराएका थिए । “यो ठाउँ कुनै समय शाही बगैँचाको हिस्सा थियो, यस कम्पाउन्डको आफ्नै लामो इतिहास छ,” सीले भने ।

बगैँचामा घुम्ने क्रममा उनले ट्रम्पलाई ४९० वर्ष पुरानो रुख समेत देखाएका थिए । सोही क्रममा सीले त्यहाँ फुलेका गुलाफका बीउहरू उपहारस्वरूप पठाउने बताएपछि ट्रम्पले खुसी व्यक्त गर्दै भने, “मलाई यो विचार निकै मन पर्‍यो, यो उत्कृष्ट छ ।”

संयुक्त सम्बोधनका क्रममा राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध ‘रचनात्मक’ र ‘नयाँ उचाइ’ मा पुगेको बताउँदै यसलाई एक ऐतिहासिक कोसेढुङ्गाको संज्ञा दिएका छन् ।

उक्त अवसरमा अनुवादकले सीको भनाइ अनुवाद गर्दै गर्दा पत्रकारलाई हलबाट बाहिर निकालिएको बिबिसीले लेखेको छ । त्यो समयमा प्रत्यक्ष प्रसारण समेत बन्द गरिएको थियो । दुई नेताबीच भएको वार्ताको विस्तृत सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १० : २१ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले