ट्रम्पलाई गुलाफको बीउ उपहार पठाउँदै राष्ट्रपति सी « Khabarhub

ट्रम्पलाई गुलाफको बीउ उपहार पठाउँदै राष्ट्रपति सी

सी र ट्रम्प भेट: चर्चामा ४९० वर्ष पुरानो रुख र गुलाफको उपहार


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उपहारस्वरूप चिनियाँ गुलाफको बीउ पठाउने भएका छन् । ट्रम्पको सम्मानमा आयोजित दिवाभोज र छलफलका क्रममा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको कार्यस्थल र निवास रहेको ‘झोङ्नान्हाई कम्पाउन्ड’ मा ट्रम्पलाई स्वागत गर्दै सीले यसको ऐतिहासिक महत्त्वबारे जानकारी गराएका थिए । “यो ठाउँ कुनै समय शाही बगैँचाको हिस्सा थियो, यस कम्पाउन्डको आफ्नै लामो इतिहास छ,” सीले भने ।

बगैँचामा घुम्ने क्रममा उनले ट्रम्पलाई ४९० वर्ष पुरानो रुख समेत देखाएका थिए । सोही क्रममा सीले त्यहाँ फुलेका गुलाफका बीउहरू उपहारस्वरूप पठाउने बताएपछि ट्रम्पले खुसी व्यक्त गर्दै भने, “मलाई यो विचार निकै मन पर्‍यो, यो उत्कृष्ट छ ।”

संयुक्त सम्बोधनका क्रममा राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध ‘रचनात्मक’ र ‘नयाँ उचाइ’ मा पुगेको बताउँदै यसलाई एक ऐतिहासिक कोसेढुङ्गाको संज्ञा दिएका छन् ।

उक्त अवसरमा अनुवादकले सीको भनाइ अनुवाद गर्दै गर्दा पत्रकारलाई हलबाट बाहिर निकालिएको बिबिसीले लेखेको छ । त्यो समयमा प्रत्यक्ष प्रसारण समेत बन्द गरिएको थियो । दुई नेताबीच भएको वार्ताको विस्तृत सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १० : २१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली