आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय « Khabarhub

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा. वासुदेव उपाध्यायलाई दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयबाट डा. उपाध्यायलाई उक्त जिम्मेवारी तोकिएको हो । ११औं तहका आयुर्वेद चिकित्सक डा.उपाध्याय यसअघि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकको रूपमा कार्यरत थिए ।

विभागको महानिर्देशकको जिम्मेवारी दिइए पनि उनको आधिकारिक दरबन्दी भने नरदेवी आयुर्वेद चिकित्सालयमै कायम राखिएको मन्त्रालयले जनाएको छ । यसअघि, विभागको निमित्त महानिर्देशकको जिम्मेवारी १०औं तहका चिकित्सक डा। श्यामबाबु यादवले सम्हाल्दै आएका थिए ।

डा. उपाध्याय विभागमा गएपछि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पद भने हाललाई रिक्त भएको छ । त्यहाँ अहिलेसम्म नयाँ निर्देशक तोकिएको छैन ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार, चिकित्सालयमा कार्यरत वरिष्ठ चिकित्सकहरूमध्येबाट कसैलाई निमित्त निर्देशकको जिम्मेवारी दिने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १ : ०४ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी