आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय « Khabarhub

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा. वासुदेव उपाध्यायलाई दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयबाट डा. उपाध्यायलाई उक्त जिम्मेवारी तोकिएको हो । ११औं तहका आयुर्वेद चिकित्सक डा.उपाध्याय यसअघि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकको रूपमा कार्यरत थिए ।

विभागको महानिर्देशकको जिम्मेवारी दिइए पनि उनको आधिकारिक दरबन्दी भने नरदेवी आयुर्वेद चिकित्सालयमै कायम राखिएको मन्त्रालयले जनाएको छ । यसअघि, विभागको निमित्त महानिर्देशकको जिम्मेवारी १०औं तहका चिकित्सक डा। श्यामबाबु यादवले सम्हाल्दै आएका थिए ।

डा. उपाध्याय विभागमा गएपछि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पद भने हाललाई रिक्त भएको छ । त्यहाँ अहिलेसम्म नयाँ निर्देशक तोकिएको छैन ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार, चिकित्सालयमा कार्यरत वरिष्ठ चिकित्सकहरूमध्येबाट कसैलाई निमित्त निर्देशकको जिम्मेवारी दिने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १ : ०४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली