केपीकै शैलीमा शक्ति थुपार्दै बालेन, अन्तरिम सरकारले फर्काएको गुप्तचर विभाग आफैंतिर ताने « Khabarhub

केपीकै शैलीमा शक्ति थुपार्दै बालेन, अन्तरिम सरकारले फर्काएको गुप्तचर विभाग आफैंतिर ताने


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला गतिविधि नेकपाकालमा शक्तिशाली प्रधानमन्त्री बनेका केपी शर्मा ओलीसँग मिल्दाजुल्दा देखिन थालेका छन्।

नेकपाको पालामा दुईतिहाइको शक्तिशाली सरकार हुँदा केपीले राज्यका महत्वपूर्ण निकायलाई आफूमातहत राखेर शक्ति केन्द्रिकरण गरेका थिए ।

अहिले बालेन पनि ओलीकै त्यही कुराको सिको गर्दै शक्ति थुपार्न जुटेका छन् । उनले पछिल्लो पटक एकमात्रै गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालयबाट तानेर प्रधानमन्त्री कार्यालयमै ल्याएका छन् ।

शाहले अन्तरिम सरकारका पालामा गृह मन्त्रालय मातहतको उक्त विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत नै तानेका हुन् ।

बुधबार पारित कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत राखिएको छ।

गृहमा फर्काइएको गुप्तचर संस्था प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्ने लबिइङबीच बालेनले यो कदम चालेका हुन् ।

प्रधानमन्त्री शाहले ओलीकै शैलीमा प्रधानमन्त्री कार्यालयमा शक्ति थुपार्ने योजनावद्ध तयार नै गरेका छन् । २०७४ को निर्वाचनबाट नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनले दुईतिहाइ ल्याएपछि तत्कालीन प्रम ओलीले गृह मातहतको विभागलाई प्रधानमन्त्री कार्यालयमा लगेका थिए ।

त्यसबेला नेकपाको शक्तिशाली सरकार हुँदा ओलीले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएका थिए । त्यसबेला ओलीको यो कदमलाई शक्तिको भोकका रुपमा ब्याख्या गरिएको थियो ।

तर अहिले बालेनको उक्त कदमबारे कसैले मुख खोलेका छन् । बालेनले यी तीन निकायमध्ये राजस्व अनुसन्धान विभागलाई खारेज नै गरिदिएका छन्।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राष्ट्रिय अनुसन्धानसहितलाई सम्बन्धित मन्त्रालय (अर्थ र गृह) मा फर्काएको थियो ।

तर बालेनले फेरि कार्यविभाजन हेरफेरका नाममा गृह मन्त्रालय मातहतको जासुसी निकायलाई आफू मातहत नै राखेका हुन् ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १ : २९ बजे

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा कञ्चनपुर–कमला राजमार्गको स्थलगत निरीक्षण

सप्तरी – नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल

आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाउन नहुने इरानको धारणा

तेहरान – इरानले शनिबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को एक

चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चार हजार दुई सय

३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनअन्तर्गत आज

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री