नीति तथा कार्यक्रम पास भएपछि प्रधानमन्त्रीले बोलाए अर्थमन्त्रीलाई « Khabarhub

नीति तथा कार्यक्रम पास भएपछि प्रधानमन्त्रीले बोलाए अर्थमन्त्रीलाई


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनले पारित गरिसकेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह आफैंले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित भए पनि बिहीबार प्रतिनिधि सभाले सर्वसम्मत पारित गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि बीचमै उठेर हिँडेका उनी त्यसपछिका छलफलमा कुनै दिन संसद् गएनन्।

वालेन्द्रले संसद्लाई बेवास्ता गरे पनि नीति तथा कार्यक्रम बिहीबार पारित भएसँगै अब बजेट ल्याउने बाटो खुलेको छ।

यसबीचमा बिहीबार नीति तथा कार्यक्रम पारित भएसँगै शुक्रबार प्रधानमन्त्री शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेट भएको छ।

नीति तथा कार्यक्रममाथि जवाफ दिएका वाग्लेलाई बालेनले भेटका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका हुन् ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १ : ३८ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले