यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा « Khabarhub

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) प्रवेशद्वारम क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो । सो अभियानका क्रममा ४७ वटा सवारीसाधनको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा १७ वटा सवारीसाधन मापदण्डअनुसार नरहेको पाइएपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा कतिपय सवारीसाधनमा ह्याण्डब्रेक दुरुस्त नभएको, लाइट बिग्रिएको, टायर अत्यधिक खिइएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो । यस्ता कमजोरी भएका सवारीसाधन सडकमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले तत्काल कारबाही गरिएको जनाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यान्त्रिक रूपमा कमजोर सवारीसाधन सडक सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको बताए। 

उनले यात्रु, चालक तथा सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर नियमित रूपमा विशेष चेकिङ अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

उनले भने, ‘सवारीसाधनको सामान्य लापरवाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले यान्त्रिक अवस्था कमजोर भएका सवारीसाधनमाथि निगरानी बढाइएको हो । आजको अभियानमा १७ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । हाम्रो उद्देश्य केबल जरिवाना गर्नु मात्रै होइन, सम्भावित दुर्घटना रोक्नु र जनताको जीवन सुरक्षा गर्नु पनि हो ।’

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय सडक दुर्घटनाका घटनामध्ये धेरै दुर्घटना सवारीसाधनको प्राविधिक खराबीकै कारण हुने गरेको पाइएको छ । 
विशेषगरी लामो समयसम्म मर्मत नगरी चलाइएका सार्वजनिक तथा निजी सवारीसाधनले सडकमा जोखिम बढाइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

ट्राफिक प्रहरीले सवारी धनी, यातायात व्यवसायी तथा चालकलाई नियमित रूपमा सवारीसाधनको ब्रेक, टायर, लाइट, इन्जिन तथा अन्य उपकरणको अवस्था परीक्षण गर्न आग्रह गरेको छ । आवश्यक मर्मत तथा प्राविधिक परीक्षण नगरी सवारी सञ्चालन नगर्न पनि चेतावनी दिइएको छ ।

कार्यालयले आगामी दिनमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता विशेष चेकिङ अभियानलाई निरन्तरता दिइने जनाएको छ । सडक अनुशासन कायम गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  २ : १३ बजे

विदेशी मल आयात रोक्न स्वदेशमै उत्पादन बढाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले विदेशबाट अर्बौं

सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, एक वर्षमा ३ प्रतिशतले बढ्यो

काठमाडौं- आर्थिक वर्ष ०८१/८२ मा नेपालको कुल बेरुजु ७ खर्ब

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)

स्वास्थ्य मन्त्रालयको कुल बजेट खर्च ७२.९७ प्रतिशत 

काठमाडौं– चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका

टाटामोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आजदेखि

काठमाडौं – टाटामोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रान्ड