विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन « Khabarhub

विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौं’ भन्ने नारासहित शुक्रबार काठमाडौंमा मार्चपास गरेका छन्।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको र्‍याली आरआर क्याम्पससम्म पुगेर सम्पन्न भएको थियो। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता र विद्यार्थी अधिकारको पक्षमा विभिन्न नारा लगाएका थिए।

प्रदर्शनका क्रममा ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ र ‘प्रधानमन्त्री नशा, देश दशामा’ जस्ता नारा लेखिएका प्लाकार्डहरू प्रदर्शन गरिएको थियो।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै विरोधमा र्‍याली आयोजना गरिएको बताएका छन्। उनीहरूले यस्तो कदमले लोकतान्त्रिक अभ्यास कमजोर हुने र शैक्षिक संस्थाको स्वतन्त्रता प्रभावित हुने चेतावनी दिएका छन्।

विद्यार्थी दिवसको सन्दर्भमा गरिएको उक्त प्रदर्शनलाई विद्यार्थी अधिकार, स्वतन्त्र विद्यार्थी राजनीति र विश्वविद्यालय स्वायत्तताको पक्षमा गरिएको सांकेतिक विरोधका रूपमा लिइएको छ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ३ : १४ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा