विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन « Khabarhub

विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौं’ भन्ने नारासहित शुक्रबार काठमाडौंमा मार्चपास गरेका छन्।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको र्‍याली आरआर क्याम्पससम्म पुगेर सम्पन्न भएको थियो। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता र विद्यार्थी अधिकारको पक्षमा विभिन्न नारा लगाएका थिए।

प्रदर्शनका क्रममा ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ र ‘प्रधानमन्त्री नशा, देश दशामा’ जस्ता नारा लेखिएका प्लाकार्डहरू प्रदर्शन गरिएको थियो।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै विरोधमा र्‍याली आयोजना गरिएको बताएका छन्। उनीहरूले यस्तो कदमले लोकतान्त्रिक अभ्यास कमजोर हुने र शैक्षिक संस्थाको स्वतन्त्रता प्रभावित हुने चेतावनी दिएका छन्।

विद्यार्थी दिवसको सन्दर्भमा गरिएको उक्त प्रदर्शनलाई विद्यार्थी अधिकार, स्वतन्त्र विद्यार्थी राजनीति र विश्वविद्यालय स्वायत्तताको पक्षमा गरिएको सांकेतिक विरोधका रूपमा लिइएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ३ : १४ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय