सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित  « Khabarhub

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित 


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब लागू गर्न माग गर्दै आन्दोलन गरेका छन् ।

शुक्रबार बिहानदेखि नर्सहरूले अस्पताल परिसरमै प्रदर्शन गर्दै आन्दोलन सुरु गरेका हुन् । आन्दोलनरत नर्सहरूका अनुसार उनीहरूले हाल १९ हजार रुपैयाँ मात्र तलब पाइरहेका छन्, जबकि सरकारले स्टाफ नर्सका लागि ३४ हजार रुपैयाँ तलब तोकेको छ ।

सरकारले निर्धारण गरेको तलब कार्यान्वयन गर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै आन्दोलन गर्न बाध्य भएको हेल्थ असिस्टेन्ट भुपेन्द्र खत्रीले बताएका छन् ।

अस्पतालमा कार्यरत करिब ४० जना कर्मचारीहरू अहिले आन्दोलनमा सहभागी भएका छन् ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ३ : १६ बजे

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट