स्वास्थ्य मन्त्रालयको कुल बजेट खर्च ७२.९७ प्रतिशत  « Khabarhub

स्वास्थ्य मन्त्रालयको कुल बजेट खर्च ७२.९७ प्रतिशत 


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका निकायहरूको बजेट खर्च अपेक्षाअनुसार हुन नसकेको देखिएको छ । 

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनअनुसार विशेषगरी पुँजीगततर्फको खर्च कमजोर देखिएको हो । प्रतिवेदनअनुसार मन्त्रालय र मातहत निकायका लागि कुल ४९ अर्ब ८० करोड ५४ लाख रुपैयाँ प्रारम्भिक बजेट विनियोजन गरिएको थियो । 

पछि संशोधनपछि खुद बजेट ५० अर्ब ४९ करोड ४१ लाख रुपैयाँ पुगेको थियो । यसमध्ये ३६ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन कुल बजेटको ७२ दशमलव ९७ प्रतिशत हो ।

चालुतर्फ ३९ अर्ब ५ करोड ६२ लाख रुपैयाँ प्रारम्भिक बजेट रहेकामा खुद बजेट ३५ अर्ब ७ करोड १२ लाख रुपैयाँ कायम भएको थियो। यसमध्ये २६ अर्ब ९९ करोड १२ लाख रुपैयाँ खर्च भएको छ, जुन ७६ दशमलव ९६ प्रतिशत हो ।

यस्तै, पुँजीगततर्फ प्रारम्भिक बजेट १० अर्ब ७४ करोड ९२ लाख रुपैयाँ रहेकामा संशोधनपछि १५ अर्ब ४२ करोड २९ लाख रुपैयाँ पुगेको थियो। तर खर्च भने ९ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ मात्रै भएको छ, जुन ६३ दशमलव ९० प्रतिशत हो ।

महालेखा परीक्षकको कार्यालयले कुल बजेट खर्च सन्तोषजनक देखिए पनि पुँजीगततर्फको न्यून खर्चले स्वास्थ्य पूर्वाधार निर्माण, उपकरण खरिद तथा दीर्घकालीन योजनाको कार्यान्वयन प्रभावित हुन सक्ने संकेत गरेको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ३ : ५४ बजे

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु