विदेशी मल आयात रोक्न स्वदेशमै उत्पादन बढाउनुपर्छ : मन्त्री चौधरी « Khabarhub

विदेशी मल आयात रोक्न स्वदेशमै उत्पादन बढाउनुपर्छ : मन्त्री चौधरी


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले विदेशबाट अर्बौं रुपैयाँको रासायनिक मल आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएकी छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री चौधरीले स्वदेशमै मल कारखाना स्थापना वा अन्य विकल्प विकास गरेर आयातमा निर्भरता घटाउन आवश्यक रहेको बताइन् ।

नले नेपालमै पर्याप्त मल उत्पादन गर्न सकिए हाल मल खरिदका लागि खर्च हुँदै आएको अर्बौं रकम कृषि क्षेत्रको विकासमा उपयोग गर्न सकिने धारणा राखिन्। रासायनिक मल आयातमै मन्त्रालयको झण्डै ५० प्रतिशत बजेट खर्च हुने गरेको उल्लेख गर्दै उनले दीर्घकालीन समाधानतर्फ जानुपर्ने आवश्यकता औंल्याइन्।

मन्त्री चौधरीले कृषि पेशालाई मर्यादित, आकर्षक र व्यावसायिक बनाउन मन्त्रालयले नीतिगत सुधारको काम अघि बढाएको जानकारी दिइन् । कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने, किसानको उत्पादनलाई सहज रूपमा बजारसँग जोड्ने तथा बजारीकरणलाई प्रभावकारी बनाउने विषयमा मन्त्रालय गम्भीर रहेको उनको भनाइ थियो ।

राज्यले कृषकलाई उचित सहजीकरण गर्न सके उत्पादन वृद्धि हुनुका साथै बजार पहुँच पनि सहज बन्ने मन्त्री चौधरीले बताइन्।

बैठकमा समिति सदस्यहरूले कृषि उत्पादनको बजारीकरणका क्रममा किसानहरू मारमा पर्ने गरेको भन्दै बिचौलियाको हस्तक्षेप नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले रासायनिक मलभन्दा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति ल्याउन पनि माग गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ४ : ०९ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा