कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ « Khabarhub

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा २० जना पुरूष र सात महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार चेक अनादर कसुरमा १२, सार्वजनिक अनादर कसुरमा पाँच, अंश मानाचामाल कसुरमा चार, बिगो लेनदनसम्बन्धी कसुरमा दुई, बैंकिङ कसुरमा दुई, सवारी ज्यान कसुर र अभद्र व्यवहारसम्बन्धी कसुरमा एक–एक जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाबाट चार वर्ष १५ दिन कैद सजाय र रु ४८ लाख एक हजार १८० जरिवाना असुल हुनेगरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रनाउ बस्नेतले जानकारी दिए । पछिल्लो समय कास्की प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै आएको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ९ : १२ बजे

परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै 

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न

डा. केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव