कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ « Khabarhub

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा २० जना पुरूष र सात महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार चेक अनादर कसुरमा १२, सार्वजनिक अनादर कसुरमा पाँच, अंश मानाचामाल कसुरमा चार, बिगो लेनदनसम्बन्धी कसुरमा दुई, बैंकिङ कसुरमा दुई, सवारी ज्यान कसुर र अभद्र व्यवहारसम्बन्धी कसुरमा एक–एक जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाबाट चार वर्ष १५ दिन कैद सजाय र रु ४८ लाख एक हजार १८० जरिवाना असुल हुनेगरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रनाउ बस्नेतले जानकारी दिए । पछिल्लो समय कास्की प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै आएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ९ : १२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको