मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता « Khabarhub

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा एक जना स्वदेशी पर्यटक बेपत्ता भएका छन् । काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो मर्दी पदयात्राका क्रममा यही वैशाख ३० गते दिउँसो २ः०० बजेदेखि सम्पर्कविहीन भएको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।

समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित मर्दीको भ्यूप्वाइन्टस्थित ‘टीसप’मा आफ्नो झोला राखेर ‘केहीबेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै’ निस्किएका धामिसरो साँझसम्म नफर्किएपछि मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा स्थानीय पर्यटन व्यवसायीले बिहीबार विहानदेखि नै खोजी सुरु गरेका थिए । तर शुक्रबार साँझसम्म सम्पर्कविहीन पर्यटकको बारेमा कुनै जानकारी नपाइएको वडाध्यक्ष क्षेत्रीले बताए ।

‘पहिरनका आधारमा पोखरास्थित बुद्धविहारमा जानकारी गराएपछि हराएका व्यक्तिको परिचय खुलेको हो । स्थानीयले बिहीबार दिनभर खोजी गर्दासमेत फेला नपरेपछि प्रहरीमा जानकारी गराएका थियौँ । अहिले प्रहरी हराएको ठाउँमा जाँदैछ’, वडाध्यक्ष क्षेत्रीले भने ।

मर्दीको आधार शिविर र भ्यूप्वाइन्ट क्षेत्रमा केही दिनदेखि पानी परेको र बाक्लो हिमपातका कारणले समेत खोजीमा कठिनाइ भएको बताइन्छ । पर्यटक हराएको सूचनापछि प्रहरी खोजीका लागि गएको छ । खोजीमा गएको प्रहरी टोली शुक्रबार साँझ लोक्याम्प पुगेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष तामाङले बताए ।

मर्दी पदयात्राका क्रममा यसअघि पनि पर्यटक हराउने गरेका थिए । एकल पदयात्रामा जानेहरू बढी हराउने गरेको पर्यटन व्यवसायी बताउँछन् । मर्दीको हाइक्याम्प, भ्यूप्वाइन्ट र आधा शिविरबाट बढी पर्यटक हराउने गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १० : ०५ बजे

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका