विष्णु माझीले सरप्राइज शैलीमा सार्वजनिक गरेको गीत ‘झोर्ले हजुर’लाई कमजोर भ्युज « Khabarhub

विष्णु माझीले सरप्राइज शैलीमा सार्वजनिक गरेको गीत ‘झोर्ले हजुर’लाई कमजोर भ्युज


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोप्य जीवनशैली र उत्कृष्ट गायन क्षमताले सधैँ चर्चामा रहने गायिका विष्णु माझीको स्वर रहेको गीत ‘झोर्ले हजुर’ले युट्युबमा कमजोर भ्युज पाएको छ ।

यसै गीतका गायक बाबुकृष्ण परियारको युट्युब च्यानलबाट याे गीत सार्वजनिक गरिएको छ । २४ घण्टामा यो यस गीतले १ लाख पुग्न पनि चार हजारले कम छ ।

विष्णुका पछिल्ला गीतहरूले यति भ्युज केही घण्टामा नै कटाउँदै आएका थिए । यो पटक भने गीतको भ्युज निकै नै कमजोर भएकाे हो ।

शनिबार विष्णुको आवज रहेको स्वर कुनै चर्चा बिना सरप्राइज शैलीमा सार्वजनिक गरिएको थियो । आकस्मात उनको गीत सार्वजनिक हुँदा फ्यानहरू उत्साहित भएका थिए । यो गीतमा रमेश बीजीको शब्द र गायक बाबुकृष्णकै संगीत रहेको छ ।

विष्णुले गीत ‘आइनँ आमा यो तीज’मा २४ घण्टामा १५ लाख भ्युज पाएर रकेर्ड राखेको थियो । पछि यो रकेर्ड अर्का गायक दुर्गेश थापाले ब्रेक गरेका थिए ।

विष्णुले प्रायः तीजको छेका पारेर गीत निकाल्दै आएकी छन् । यो पटक भने उनले छिट्टै गीत सार्वजनिक गरेकी हुन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : ५८ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको