विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो « Khabarhub

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले फिफा विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्सलाई २–२ गोलको बराबरीमा रोकेको छ । अमेरिकाको टेक्ससस्थित ६९ हजार २ सय ८५ दर्शक क्षमताको वातानुकूलित रंगशालामा आइतबार भएको खेलमा जापानले दुई पटक पछाडि परेको अवस्थालाई उल्ट्याउँदै अङ्क खोस्न सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो । खेलको ५१ औँ मिनेटमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई रायन ग्रेभेनबर्चले पास दिएका थिए ।

नेदरल्यान्ड्सको त्यो अग्रता ६ मिनेटभन्दा बढी टिक्न सकेन । ५७ औँ मिनेटमा जापानका केइतो नाकामुराले डिफेन्डरलाई छलाउँदै प्रहार गरेको बलले जाली चुमेपछि खेलमा १–१ को बराबरी भयो ।

खेलको ६४ औँ मिनेटमा क्रिसेन्सियो समरभिलले पेनाल्टी बक्सको कुनाबाट उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ को अग्रता दिलाए । डच टोली जिततर्फ अग्रसर भइरहेका बेला खेलको ८८ औँ मिनेटमा मिडफिल्डर डैची कमदाले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै जापानलाई हारबाट जोगाए ।

नेदरल्यान्ड्स यसअघि तीन पटक विश्वकपको उपविजेता भइसकेको टोली हो भने जापान अहिलेसम्म अन्तिम १६ भन्दा अगाडि बढ्न सकेको छैन।

समूह ‘एफ’ अन्तर्गत अर्को खेलमा स्विडेन र ट्युनिसिया आमनेसामने हुँदैछन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ६ : ०६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण