विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो « Khabarhub

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले फिफा विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्सलाई २–२ गोलको बराबरीमा रोकेको छ । अमेरिकाको टेक्ससस्थित ६९ हजार २ सय ८५ दर्शक क्षमताको वातानुकूलित रंगशालामा आइतबार भएको खेलमा जापानले दुई पटक पछाडि परेको अवस्थालाई उल्ट्याउँदै अङ्क खोस्न सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो । खेलको ५१ औँ मिनेटमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई रायन ग्रेभेनबर्चले पास दिएका थिए ।

नेदरल्यान्ड्सको त्यो अग्रता ६ मिनेटभन्दा बढी टिक्न सकेन । ५७ औँ मिनेटमा जापानका केइतो नाकामुराले डिफेन्डरलाई छलाउँदै प्रहार गरेको बलले जाली चुमेपछि खेलमा १–१ को बराबरी भयो ।

खेलको ६४ औँ मिनेटमा क्रिसेन्सियो समरभिलले पेनाल्टी बक्सको कुनाबाट उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ को अग्रता दिलाए । डच टोली जिततर्फ अग्रसर भइरहेका बेला खेलको ८८ औँ मिनेटमा मिडफिल्डर डैची कमदाले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै जापानलाई हारबाट जोगाए ।

नेदरल्यान्ड्स यसअघि तीन पटक विश्वकपको उपविजेता भइसकेको टोली हो भने जापान अहिलेसम्म अन्तिम १६ भन्दा अगाडि बढ्न सकेको छैन।

समूह ‘एफ’ अन्तर्गत अर्को खेलमा स्विडेन र ट्युनिसिया आमनेसामने हुँदैछन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ६ : ०६ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता