विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित « Khabarhub

विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका अमद डियालोले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि आइभोरी कोस्टले फिफा विश्वकपमा इक्वेडरमाथि रोमाञ्चक जित हात पारेको छ । समूह ‘ई’ को खेलमा आइभोरी कोस्टले बलियो प्रतिद्वन्द्वी इक्वेडरलाई पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो ।

यो हारसँगै इक्वेडरको विगत १९ खेलदेखिको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । १२ वर्षपछि पहिलो पटक विश्वकप फुटबल खेलिरहेको अफ्रिकन राष्ट्र आइभोरी कोस्टका लागि यो जित ऐतिहासिक बनेको छ ।

खेलको ९० औँ मिनेटमा अमदले गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । विश्वकपको इतिहासमा सन् २००६ यता वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेर खेलको यति ढिलो समयमा विजयी गोल गर्ने अमद पहिलो खेलाडी बनेका छन् ।

खेलको अन्तिम समयमा इक्वेडरले बराबरी गर्ने प्रयास गरे पनि आइभोरी कोस्टको डिफेन्सले बल क्लियर गरेलगत्तै रेफ्रीले खेल सकिएको सिट्टी बजाएका थिए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : ०१ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।