विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित « Khabarhub

विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका अमद डियालोले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि आइभोरी कोस्टले फिफा विश्वकपमा इक्वेडरमाथि रोमाञ्चक जित हात पारेको छ । समूह ‘ई’ को खेलमा आइभोरी कोस्टले बलियो प्रतिद्वन्द्वी इक्वेडरलाई पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो ।

यो हारसँगै इक्वेडरको विगत १९ खेलदेखिको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । १२ वर्षपछि पहिलो पटक विश्वकप फुटबल खेलिरहेको अफ्रिकन राष्ट्र आइभोरी कोस्टका लागि यो जित ऐतिहासिक बनेको छ ।

खेलको ९० औँ मिनेटमा अमदले गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । विश्वकपको इतिहासमा सन् २००६ यता वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेर खेलको यति ढिलो समयमा विजयी गोल गर्ने अमद पहिलो खेलाडी बनेका छन् ।

खेलको अन्तिम समयमा इक्वेडरले बराबरी गर्ने प्रयास गरे पनि आइभोरी कोस्टको डिफेन्सले बल क्लियर गरेलगत्तै रेफ्रीले खेल सकिएको सिट्टी बजाएका थिए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : ०१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण