जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू) « Khabarhub

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदमध्ये ४२ जनाको शालिकसहित निर्माण गर्न लागिएको जेनजी शहीद स्मारकको काम अलपत्र परेको छ ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण थालिएको उक्त स्मारकको काम केही समयअघि सुरु भए पनि हाल निर्माण कार्य ठप्प अवस्थामा पुगेको छ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि परियोजना अघि बढाइएको थियो।

जेनजी आन्दोलनका शहीदहरूको सम्झनालाई संस्थागत गर्दै उनीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले स्मारक निर्माणको अवधारणा अघि सारिएको हो । स्मारकलाई ऐतिहासिक तथा मौलिक नेपाली शैलीमा निर्माण गर्ने योजना रहेको बताइएको छ।

स्मारकमा आन्दोलनका क्रममा ज्यान गुमाएका ४२ शहीदका शालिक स्थापना गर्ने, स्मृति स्थल निर्माण गर्ने तथा शहीदहरूको योगदान झल्काउने विभिन्न संरचना राख्ने योजना छ। तर निर्माण कार्य रोकिएसँगै परियोजनाको भविष्य अन्योलमा परेको देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १० : ०५ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा