जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू) « Khabarhub

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदमध्ये ४२ जनाको शालिकसहित निर्माण गर्न लागिएको जेनजी शहीद स्मारकको काम अलपत्र परेको छ ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण थालिएको उक्त स्मारकको काम केही समयअघि सुरु भए पनि हाल निर्माण कार्य ठप्प अवस्थामा पुगेको छ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि परियोजना अघि बढाइएको थियो।

जेनजी आन्दोलनका शहीदहरूको सम्झनालाई संस्थागत गर्दै उनीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले स्मारक निर्माणको अवधारणा अघि सारिएको हो । स्मारकलाई ऐतिहासिक तथा मौलिक नेपाली शैलीमा निर्माण गर्ने योजना रहेको बताइएको छ।

स्मारकमा आन्दोलनका क्रममा ज्यान गुमाएका ४२ शहीदका शालिक स्थापना गर्ने, स्मृति स्थल निर्माण गर्ने तथा शहीदहरूको योगदान झल्काउने विभिन्न संरचना राख्ने योजना छ। तर निर्माण कार्य रोकिएसँगै परियोजनाको भविष्य अन्योलमा परेको देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १० : ०५ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा