केरा, खर्बुजा र काँक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी « Khabarhub

केरा, खर्बुजा र काँक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काँक्राको बीउ बिक्रीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन् । 

कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका हुन् । 

दक्षिण कोरियाको जागिरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूल खेती गर्न थालेकाले उनी अहिले गाउँको उदाहरणीय किसान बनेका छन् ।  

पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन् । 

सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि बजार मूल्य सन्तोषजनक रुपमा प्राप्त गरेकोमा पौडेल खुसी छन् ।  

उनले केरा स्थानीय फलेवास, कुश्मा, पोखरा र काठमाडौंसम्म बिक्रीका लागि लैजाने गरेका छन् ।  पौडेलले यस वर्ष करिब ६० क्विन्टल खर्बुजा बिक्री गरे । 

यसैगरी, उनले भक्तपुरे लोकल काक्रोको ३० केजी बीउ बिक्री गरेका छन् । आठ रोपनी क्षेत्रफलमा काक्रोखेती  गरेका छन् । उनले प्रतिकिलो काक्रोका बीउ रु दश हजारमा बिक्री गरेका छन् । 

कृषि औजार तथा मल बीउ खरिदका लागि स्थानीय फलेवास नगरपालिकाले पौडेललाई सहयोग पुर्‍याएको छ ।  

त्यसैगरी कृषि विकास कार्यालय पर्वतले राजमार्ग/करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत चालु आवमा केरा खेती विस्तारका लागि रु एक लाख ५५ हजार आर्थिक सहयोग गरेको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । 

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १२ : ०२ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने