विश्वकपको मञ्चमा लिभरपुलका खेलाडीको चमक « Khabarhub

विश्वकपको मञ्चमा लिभरपुलका खेलाडीको चमक


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लिभरपुलका नवनियुक्त मुख्य प्रशिक्षक एन्डोनी इराओलाका लागि जारी फिफा विश्वकप २०२६ एक विशेष बनेको छ। प्रिमियर लिगको उपाधि रक्षा गर्न असफल भएर खस्किएको टोलीलाई पुनः ब्युँताउने योजनामा रहेका स्पेनिस प्रशिक्षक इराओलाले विश्वकपका खेललाई आफ्ना खेलाडीको फर्म बुझ्ने र नयाँ प्रतिभाको खोजी गर्ने अवसरका रूपमा लिएका छन्।

उनका लागि विश्वकपको चौथो दिन निकै अर्थपूर्ण रह्यो, जहाँ उनका वर्तमान र भविष्यमा आउन सक्ने सम्भावित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे।

फ्लोरियानको वास्तविक लय
गत समरमा ११ करोड ६० लाख पाउन्डको कीर्तिमानी रकममा बायर लेभरकुजेनबाट लिभरपुल आएका जर्मन मिडफिल्डर फ्लोरियान विर्ट्ज पहिलो सिजनमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका थिएनन्। तर, विश्वकपको पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ ले ध्वस्त पार्दा २३ वर्षीय विर्ट्ज पुरानै लयमा देखिए।

लिभरपुलमा भूमिका स्पष्ट नहुँदा अलमलिएका विर्ट्जले जर्मनीका लागि देब्रे साइटबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरे। उनले फिलिक्स न्मेचाका लागि पहिलो गोलको अवसर सिर्जना गरेका थिए। पूर्व स्ट्राइकर क्रिस सटनका अनुसार, “लिभरपुलका समर्थकले हिजोको खेल हेर्दा यो त्यही भर्ट्ज हो र भन्दै अचम्म परेका होलान्। उनी जर्मन जर्सीमा निकै दबाबमुक्त र स्वतन्त्र देखिए।” कोडी गाक्पोको खस्कँदो फर्मका बीच भर्ट्जको यो प्रदर्शन प्रशिक्षक इराओलाका लागि नयाँ विकल्प बन्न सक्छ।

भान डाइक नायक
लिभरपुलका कप्तान भर्जिल भान डाइक टोलीको मुख्य खम्बा रहने पक्का देखिएको छ। जापानविरुद्धको २-२ को बराबरी खेलमा नेदरल्यान्ड्सका लागि भान डाइक ‘म्यान अफ दि म्याच’ चुनिए। उनले ५१ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यस्तै, रायन ग्राभेनबर्चले डिफेन्सिभ मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै भान डाइक र क्रिसेन्सियो समरभिल दुवैको गोलका लागि पास दिएका थिए । सन् १९६६ पछि विश्वकपमा एउटै खेलमा गोल र असिस्ट दुवै गर्ने लिभरपुलका खेलाडीको रूपमा ग्राभेनबर्च र भान डाइकको जोडीले नयाँ कीर्तिमान समेत बनाएको छ।

तर, डच टोलीका तेस्रो सदस्य कोडी गाक्पो भने हिजोको खेलमा पनि फिक्का देखिए। जापानका डिफेन्डरले उनलाई सजिलै रोक्न सफल भए, जसले गर्दा इराओलाका लागि गाक्पोको लय फर्काउनु अर्को चुनौती हुनेछ।

१९ वर्षीय डियोमान्डे?
मोहम्मद सालाहको सम्भावित बिदाइपछि उनको स्थान कसले लिने भन्ने टाउको दुखाइ इराओलाका लागि मुख्य विषय हो। यतिबेला १९ वर्षीय यान डियोमान्डे लिभरपुलको राडारमा छन्। आइभोरी कोस्टले इक्वेडरलाई १–० ले हराउँदा ‘म्यान अफ दि म्याच’ बनेका डियोमान्डेले आफू किन युरोपको प्रतिक्षित युवा खेलाडी हुन् भन्ने प्रमाणित गरे।

दायाँ र बायाँ दुवै तर्फबाट खेल्न सक्ने उनले खेलभरि ५ वटा गोलका अवसर सिर्जना गरे। बर्नमाउथमा छँदा युवा खेलाडीलाई निखारेका इराओलाका लागि डियोमान्डेको आक्रामक शैली र गति उपयुक्त हतियार बन्न सक्छ।

अलेक्जेन्डर इसाकको ‘मास्टरक्लास’
न्युक्यासलबाट १२ करोड ५० लाख पाउन्डमा लिभरपुल आएका अलेक्जेन्डर इसाकका लागि गत सिजन चोट र खराब फर्मका कारण बिर्सनलायक बनेको थियो। तर, ट्युनिसियाविरुद्ध स्वीडेनको ५–१ को जितमा इसाकले सानदार प्रदर्शन गरे।

उनले खेलमा आफैं एक गोल गरे भने अर्का स्ट्राइकर भिक्टर ग्योकेरेसका लागि उत्कृष्ट पास दिए। टोलीका अर्का स्ट्राइकर ह्युगो एकिटिके चोटका कारण अर्को वर्षसम्म मैदान बाहिर रहने भएकाले इसाकको यो पुनरागमन र उनको शारीरिक फिटनेसले प्रशिक्षक इराओलालाई ठूलो राहत दिएको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १२ : ०७ बजे

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज