बालेनले देश बनाउने टीम सार्वजनिक गरेकै दिन भौतिक मन्त्रीको धम्कीयुक्त निर्देशन : त्यो ठेकेदारको खुट्टा भाँचिदिनू « Khabarhub

बालेनले देश बनाउने टीम सार्वजनिक गरेकै दिन भौतिक मन्त्रीको धम्कीयुक्त निर्देशन : त्यो ठेकेदारको खुट्टा भाँचिदिनू


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले आइतबार आफूसहित अन्य दुईजना मन्त्रीको फोटो सामाजिक सञ्जालमा हाले ।

उक्त फोटोमा एकातिर उनका अनन्यमध्ये एक गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्साल थिए ।

उक्त तस्बिरमा बालेन लेखेका थिए, ‘देश बनाउने टोली ।’ हुन त बालेन १८ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गर्छन् । अनि १८२ जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूका नेता पनि उनै हुन् । तर उनले आफ्ना दुई अनन्यसँग अंगालो हाल्दै देश बनाउने टीम भनेर लेखिदिए ।

बालेनले देश बनाउने टीम भनेर चर्चा गरिएकामध्ये एक पात्रले भने निर्माण व्यवसायीलाई तल्लो तहमा झरेर धम्की दिइरहेको भेटिएको छ।

आइतबार निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री लम्सालले निर्माण व्यवसायीको खुट्टा भाँचिदिए हुन्छ भन्ने टोलेगुन्डाको भाषा प्रयोग गरेको भिडियो अहिले भाइरल भइरहेको छ।

अनुगमनका क्रममा उनले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिएका हुन् । उनले निर्माण व्यवसायीमाथि आतंक फैल्याउने गरी दिएको यो अभिव्यक्ति विवादित भएको छ।

बालेनका देश बनाउने टीमका उनै सदस्य लम्साल आइतबार मुग्लिङदेखि नागढुंगा सडकखण्डको निरीक्षणमा पुगेका थिए। त्यसक्रममा उनले सडकबाट बिजुलीको पोल हटाउन ढिलाइ गर्ने ठेकेदारका खुट्टा भाँचिदिन भनेका हुन् ।

उनले यसो भनिरहँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयसहित सुरक्षा अधिकारी पनि थिए । सुरक्षा अधिकारीलाई साथमै लिएर निर्माणलाई तीव्रता दिन निर्देशन दिने क्रममा लम्सालले धम्कीको भाषा पनि बोले ।

‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धर्तीमा कहाँ छ ? खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन’, उनले फागुन २१ को चुनावअघि बालेनले प्रयोग गरेको भाषामै भने।

बालेनले चुनाव प्रचारका क्रममा ठेकेदारलाई रुखमा बाँधेर, पाता कसेर भए पनि विकासका काम गर्ने बताएका थिए ।

अनुगमनका क्रममा लम्सालले स्थानीयले पनि काम छिटो हुनुपर्ने चाहेको बताउँदै बिजुलीको पोल सार्न र सडक बनाउन आवश्यक सामग्री सहज रुपमा उपलब्ध गराउन सरकारले सहजीकरण गर्ने बताए । उनले त्यसका लागि सडक विभागसहितलाई निर्देशन पनि दिए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १२ : २३ बजे

कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज !

पैसाको संकटले पार्टी चलाउन फिटफिटी परेपछि २०१५ सालमा बीपी कोइरालाले

विश्वकप-२०२६ का १० अविस्मरणीय क्षण

३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर।

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले