अमेरिकी सांसद नै भन्छन् : युद्धले केही दिएन, इरानसँग आत्मसर्पण गरेजस्तो भयो « Khabarhub

अमेरिकी सांसद नै भन्छन् : युद्धले केही दिएन, इरानसँग आत्मसर्पण गरेजस्तो भयो


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- इरानसँगको सम्झौतालाई लिएर अमेरिकामै विवाद र विरोध भएको छ।

एकजना अमेरिकी डेमोक्रेट सांसद क्रिस मर्फीले सम्भावित अन्तिम सम्झौता इरानसामु ‘आत्मसमर्पण’ जस्तो देखिन सक्ने बताए ।

उनले लामो युद्धभन्दा कूटनीतिक सहमति राम्रो विकल्प हुने धारणा राखेका छन्। निरन्तर युद्धले अमेरिकाको हितलाई थप क्षति पुर्‍याउने भएकाले वार्तामार्फत् द्वन्द्व अन्त्य हुनु सकारात्मक हुने पनि उनले बताएका छन्।

यसैबीच, सोमबारदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा अमेरिका–इरान प्रारम्भिक सम्झौतापछिको अवस्थाबारे पनि छलफल हुने बताइएको छ।

सम्मेलनमा संयुक्त अरब इमिरेट्स, कतार र इजिप्टको समेत सहभागिता रहनेछ।

सहभागी राष्ट्रहरूले सम्झौता कार्यान्वयनको प्रक्रिया तथा त्यसले पश्चिम एसियाको सुरक्षा, ऊर्जा बजार र क्षेत्रीय स्थिरतामा पार्ने प्रभावबारे समीक्षा गर्ने जनाइएको छ।

यसैबीच, इरानको मेहर समाचार एजेन्सीले अमेरिका र इरानबीच तयार गरिएको १४ बुँदे समझदारीपत्रअन्तर्गत अमेरिकाले इरानका रोक्का गरिएका २४ अर्ब डलरमध्ये पहिलो चरणमा १२ अर्ब डलर बराबरको सम्पत्ति फुकुवा गर्न सक्ने दाबी गरेको छ।

उक्त समझदारीपत्रमा हस्ताक्षर भएपछि ६० दिनको थप वार्ता प्रक्रिया अघि बढ्ने र त्यस क्रममा आणविक कार्यक्रम, प्रतिबन्ध तथा अन्य विवादित विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : ०७ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही